हमालको शो ‘जातको प्रश्न’

82 Shares

फिल्म । पारिवारिक शोकमा रहेका अभिनेता राजेश हमाल काममा फर्किएका छन् । भाईलाई शुक्रबार हिन्दुपरम्परा अनुसार अन्तिम विदाई गरेका हमाल शनिवार देखिनै काममा फर्किएका हुन् । कान्तिपुर टेलिभिजनमा प्रशारण हुने नयाँ शो ‘जातको प्रश्न’ को बाँकी रहेको काममा हमाल जुटेका हुन् ।

टेलिभिजनमा क्विज शो मा देखिने गरेका हमाल यसपटक भन्ने यस किसिमको भिन्न शो लिएर आउदैछन् । उनको शो मार्फत सामाजमा भएका घटनालाई उजागर गरिनेछ । यो शो १२ एपिसोडको हुने बुझिएको छ । जहाँ हमालले सामाजिक विकृति माथि औला पनि उठाउनेछन् । विशेषत जातको कारण अन्यायमा परेका व्यक्तिको कथालाई शो मार्फत अगाडी ल्याइने बुझिएको छ । शो आउँदो शनिवारबाट प्रशारण हुनेछ ।

कमेन्ट गर्नुहोस्