संगीत । गायक प्रताप दास र गायिका रजिना रिमालको स्वरमा रहेको ‘सृजनाकी श्रेष्ट तिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्त गीतमा रिमेश कुमारको संगीत छ भने प्रदीप थुलुङको स्वर रहेको छ ।
भिडियोमा लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुतसँगै प्रदीप अधिकारी र प्रमिला क्षेत्रीले अभिनय रहेको छ । भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोको निर्माता रमेश शाही हुनुहुन्छ । सपुतले आफूले लोकशैलीको गीतमा अभिनय गरेको तर अहिले फरक गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए ।
कमेन्ट गर्नुहोस्










