फिल्म । पछिल्लो समय बलिउडमा अभिनेता कार्तिक आर्यनको चर्चा बढ्दो छ । एकपछि अर्को फिल्म मार्फत सफलता पाउँदै अगाडी बढिरहेका कार्तिक पछिल्लो समय सारा अलि खानको कारण पनि चर्चामा छन् । गत वर्ष रिलिज भएको फिल्म ‘केदारनाथ’ मार्फत बलिउडमा उदाएकी साराले ‘सिम्बा’ सम्म आइपुग्दा आफुलाई स्थापित नै बनाइन् । बलिउडकी फ्रेस ब्युटी सारासँग यतिबेला कार्तिक ‘आजकल’ मा काम गरिरहेका छन् । यसैले गर्दा पनि यी दुइ गसिपको चर्चामा छन् ।
त्यसो त साराले एक अन्तर्वार्ताको क्रममा आफ्नो क्रस कार्तिक आर्यन रहेको बताएपछी यी दुइको चर्चा राम्रै चलेको थियो । यिनै कार्तिकले अनस्क्रिन मात्र होइन अफस्क्रिन पनि सारासँग रोमान्स गरिरहेको चर्चा बि-टाउनमा हुने गरेको छ । सारासँग रोमान्समा रहेका कार्तिकले ज्याक्लिन फर्नान्डिजसँग भने रोमान्स नगर्ने निर्णय लिएका छन् । कार्तिक र ज्याक्लिनलाई लिएर साउथ इण्डियन फिल्म ‘किरिक पार्टी’ को रिमेक बलिउडमा बनाउने तयारी गरिरहेका मेकरले कथा चित्त बुझ्दो बनाउन नसकेको उनले बताएका छन् । यसै कारणले रोमान्टिक कमेडी फिल्मलाई कार्तिकले छाडेको चर्चा बलिउडमा छ । (एजेन्सी)











