फिल्म । आउँदो साता फिल्म ‘सुर्य किरण’ प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । अमिर दोङको डेब्यू निर्देशनमा बनेको फिल्ममा अभिनेता सविन श्रेष्ठ केन्द्रिय भूमिकामा छन् । मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । ‘सूर्य किरण’ मा अभिनेत्री केकी अधिकारी र निर्देशक अमिर दोङ अतिथी भूमिकामा प्रस्तुत छन् ।
तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा अमृत चेपाङले फिल्मको निर्माण गरेका हुन् । फिल्मको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले गरेका हुन् । फिल्ममा अर्जुन थापाको सम्पादन, अभिषेक माझी/विक्रम मोक्तानको छायांकन, विशाल काल्ताङ/जोगलाल लामाको संगीत, दीपक तामाङ/अजय स्याङतानको नृत्य र राजु दोङ तामाङको द्वन्द्व छ ।
कमेन्ट गर्नुहोस्











