अनाथ बालबालिकासँग ‘रातो टिका निधारमा’ टिम

फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘रातो टीका निधारमा’ टिमले प्रचारप्रसारसंगै सामाजिक कार्यमा समेत सक्रियता देखाई रहेको छ । टिमले मंगलबार दिउँसो गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा पुगेर दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई नयाँ कपडा दिनुका साथै खानपिन समेत गराएका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, डेब्यु नायक अंकित शर्मा, रविन्द्र झा र निर्देशक अशोक शर्मा सहितको टोली पुगेर उक्त आवसमा आश्रितलाई सहयोग गरेको हो । टिमले त्यहाँ दशैँको टिका र जमरा लगाएर खुसिको माहोल छरेका थिए । वेमेन्स रूम्स रिलोटेड (डब्लुआरआर) को सहकार्यमा असोज १० गते रिलिज हुने फिल्म ‘रातो टिका निधारमा’ले फाउन्डेसनलाई सहयोग गरेको थियो ।

पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा नायिका शाह केही भावुक समेत भइन् । दशैँको छेकोमा अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा निर्देशक अशोक शर्माले आफ्नो बाल्यकाल सम्झिए । ‘दशैँ भन्न वित्तिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नु पथ्र्यो ।

अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानि ठान्छु’ निर्देशक शर्माले भावुक स्वरमा भने । यस्तै डेब्यु गरेका अंकित शर्माले यस्तो खालको सहयोगले मनमा सन्तुष्टि मिल्ने बताए । उता भावुक बनेका अभिनेता रविन्द्र झाले पन आफ्नो सानो सहयोगको कसैको जीवनमा ठुलो खुसि ल्याउने राय व्यक्त गरे । किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ ।

कमेन्ट गर्नुहोस्