‘शुभ लभ’ गीतमा क्रिस्टिनलाई फकाउदै हरिहर (भिडियो)

फिल्म । युवा ज्योतिषी हरिहर अधिकारी अभिनित फिल्म ‘शुभ लभ’ को गीत सार्वजनिक भएको छ । गीतमा हरिहरले क्रिस्टिन पौडेललाई फकाउदै गरेको देख्नसकिन्छ । पोखराको रोमान्टिक दृश्यमा छायाँकन गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन् भने यसलाई रामेश्वर कार्कीले छायाँकन गरेका हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजानिक गरिएको हो । चैत्र १५ गतेलाई रिलिज डेट तय गरिसकिएको फिल्ममा अभिनेता अधिकारीकै कथा रहेको छ ।

सार्वजनिक ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतमा निशान भट्टराईको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । फिल्ममा हरिहर र क्रिस्टिनसँगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौड्याल, डा.सूर्या थापा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको फिल्मको प्रस्तुतकर्ताका रूपमा प्रदीपकुमार उदय रहेका छन् ।

तस्वीर : जक्सन डटकम

कमेन्ट गर्नुहोस्