‘बुकी’को वर्ल्ड प्रिमियर जापानमा हुने

फिल्म । निर्देशक विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बुकी’को प्रिमियर जापानमा आयोजना गरिने भएको छ । निर्माण पक्षले फिल्मका मुख्य पात्रहरूको झलकसहित पोस्टर सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान घोषणा गरेको हो ।

फिल्मको ‘वर्ल्ड प्रिमियर’ आगामी मे ६ (बुधबार) का दिन ओसाका सहरमा हुनेछ । ओसाकास्थित मिनातो कुमिन सेन्टर मा साँझ ५:३० बजे विशेष प्रदर्शन आयोजना गरिने जनाइएको छ ।

फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना लगायतको अभिनय रहेको छ । ‘बुकी’ हिमाली क्षेत्रमा वर्षायाममा फुल्ने विशेष फूल हो । निर्माण पक्षका अनुसार फिल्मले खेलकुद र प्रकृतिबीचको सम्बन्धलाई कथामार्फत प्रस्तुत गर्नेछ। फिल्मको छायांकन काठमाडौं, पोखरा र बागलुङको ढोरपाटन क्षेत्रमा गरिएको छ।

कमेन्ट गर्नुहोस्