निर्देशनसंगै अभिनयमा सन्तोष

संगीत । फिल्म निर्माता सन्तोष अधिकारीले अभिनयसंगै निर्देशनमा डेब्यु गरेका छन् । यद्दपी उनको डेब्यु भने सानो पर्दामा हो । घर , तीन जन्तु जस्ता फिल्म निर्माणमा जोडिएका अधिकारीले म्युजिक भिडियोमा निर्देशनसंगै अभिनय गरेका हुन ।

सनुप पौडेलको स्वर रहेको गीतको भिडियो गत आइतबार भ्यालेनटाइनस् डेको अबसर पारेर रिलिज गरिएको हो । अजय कुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई चन्द सिंहले एरेञ्ज गरेका हुन् । भिडियोमा निर्देशक अधिकारीसंगै निखिला बुढाथोकी, बालकलाकार अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ । अष्ट्रेलियामा छायांकन गरिएको छ ।

निरञ्जन प्रधानको डिओपि रहेको गीतमा स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन तथा कलरकरेक्सन रहेको छ ।

कमेन्ट गर्नुहोस्