फिल्म । बलिउड अभिनेता आमिर खान फिल्म हेर्न हल पुगेका छन् । उनले पछिल्लो समय हलमा रिलिज भएको फ्रेस फिल्म ‘सुरज पे मंगल भारी’ आफ्नी छोरी इरा खानसँग हलमै पुगेर हेरेका हुन् । उनले फिल्म हेराइको अनुभव ट्विट गर्दै साटेका छन् । उनले सुरक्षित रहेर फिल्म हल पुगेर फिल्मको आनन्द उठाउन दर्शकलाई आग्रह गरेका छन् ।
उनले फिल्म मनोरन्जनात्मक रहेको प्रतिक्रिया पनि दिएका छन् । पछिल्लो समय फिल्म ‘लाल सिंह चड्डा’ को काममा व्यस्त रहेका आमिर फिल्म भने हलकै लागि बनेको भन्ने पक्षमा छन् । उनले एक मिडियामा आफ्नो प्रतिक्रिया दिदै भनेका थिए ,’फिल्म हलको लागि बनेको हो त्यसैले त्यहिँ लगाउ ।’ उनि फिल्मको आनन्द ठुलो पर्दामा मात्र उठाउन सकिने बताउछन् ।
On my way to see Suraj Pe Mangal Bhari in a Cinema Hall. Really looking forward to the big screen experience, after so long !
— Aamir Khan (@aamir_khan) November 17, 2020










