पोस्ट प्रोडक्सनमा ‘वसन्त’

फिल्म । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को सम्पुर्ण छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा यसको बुधबार अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको हो ।

आगामी चैत्र २२ गते चैते दसैँको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ ।

फिल्ममा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ । सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । यसलाई सुसन प्रजापतिले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्