फिल्म । खिलाडी एक्टर अक्षय कुमारलाई लिएर निर्देशक रोहित शेट्टीले फिल्म ‘सूर्यवंशी’ निर्देशन गरेकाछन् । पछिल्लो समय सोसल ड्रामामा देखिदै आएका अक्षयलाई रोहितले एक्सन अवतारमा प्रस्तुत गरेका छन् । यसै फिल्मको ट्रेलर सार्वजानिक गरिएको छ । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिकामा देखिएकाछन् ।
फिल्ममा अक्षयले निडर पुलिस अफिसरको भूमिका निर्वाह गरेकाछन् । अक्षयको को-स्टार कट्रिना कैफ छिन । कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने विश्वास रोहितको छ । यस अगाडी पनि अक्षयसँग कट्रिनाको जोडीलाई रुचाइएको थियो । हमको दिवाना कर गए , सिंह इज किंग , तिस मार खाँ , नमस्ते इंग्ल्याण्ड र वेलकम जस्ता सफल फिल्ममा सँगै काम गरेका छन् । यसैगरी फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो रहेको छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका हुन् । (एजेन्सी)











