फिल्म । होस्टेल सिरिज मार्फत उदाएका अभिनेता सुशील श्रेष्ठ राम्रो सम्भावना हुँदा हुँदै पनि हराईरहेका छन् । उनले अभिनय गरेका फिल्मले दर्शकलाई सोचीए अनुसार आकर्षित गर्न सकेको छैन । उनको केहि फिल्म रिलिजको पर्खाइमा छन् । यसै बीच उनको आश गरिएको फिल्म ‘लभ डायरिज’ को गीत सार्वजनिक भएको छ ।
आउँदो असोज ३ गतेलाई फिल्मको रिलिज डेट घोषणा गरेको निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको घोषणा गर्दै रोमान्टिक गीत सार्वजनिक गरेको हो । सार्वजनिक ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतलाई मनोरम दृश्यमा छायाँकन गरिएको छ । गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रहेको छ ।
गीतमा शब्द र संगीत अर्जुन पोखरेलले दिएका छन् भने यसलाई विक्रम लामा र एञ्जिला खत्रीके कोरियोग्राफ गरेकी छिन् । यसमा सुशीलसँग डेब्यु गर्ल रुविना थापा रोमान्टिक देखिएकी छिन् । सुशीलले यसअघि ‘होस्टल रिटन्स’, ‘सायद २’ र ‘कारखाना’ फिल्ममा अभिनय गरिसकेका उनको यो चौथो फिल्म हो ।

उनले फिल्ममा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । फिल्म मार्फत निर्देशनमा उदाउदै गरेका सौरभ चौधरीले वितरकसंग आफ्नो चित्त दुखाइ रहेको बताएका छन् । उनले कार्यक्रममा बोल्दै नयाँलाई प्रोत्साहन नभई निरुत्साहित गर्ने कार्य भएको बताए ।
‘हामीले झन्डै ३ महिना अगाडी नै डेट फिक्स गरेका थियौ फेरी त्यहि डेटमा हाम्रै वितरकले फिल्म ल्याउनु भयो’ निर्देशक चौधरीले भने ‘हाम्रो फिल्म पहिला घोषणा भएको हो , म डेट छोड्दिन ।’फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ । यस फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ । नायिका थापा फिल्मलाई लिएर उत्साहित छिन् ।










