फिल्म । दीपेन्द्र लामाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘दु:खी आत्मा’को प्रदर्शन मिति घोषणा गरिएको छ । केही दिन अघि मात्रै छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको फिल्म आगामी फागुन २ गते भ्यालेन्टाइन डेबाट प्रदर्शनमा आउने घोषणा निर्माण पक्षले गरेको छ ।
शुक्रबार यसको निर्माण टिमले टाइटल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको फिल्म ‘नाङ्गो गाउँ’ हिट भएको थियो । ‘दु:खी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो ।
काठमाडौंको सेरोफेरोमा खिचिए सोसियल कमेडी जनराको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतका कलाकारको अभिनय रहेको छ ।
क्लक वर्क कृएसन्सको ब्यानरमा निर्माण भएको फिल्ममा आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहनेछ ।












