फिल्म । हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले फोक्सोको क्यान्सरबाट पीडित सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन् । घिमिरेले सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा उपचाररत सुवेदीलाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
‘सीताजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा हुनु दु:खद छ । यो सानो सहयोगले उहाँलाई हौसला र प्रेरणा मिलोस्’, उनले भने । उनले संकटको यो घडीमा अरूलाई पनि सहयोगका लागि आह्वान गरे ।
यसअघि, घिमिरेले ललितपुरमा आयोजित मिसेस नेपालको नयाँ संस्करण घोषणा कार्यक्रममा सुवेदीलाई ५० हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कमेन्ट गर्नुहोस्











