हलमा दुई नम्बरी

फिल्म । फ्राइडे फिल्म अन्तर्गत ‘दुई नम्बरी’ रिलिज भएको छ । मित्रताको कथामा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ लगायतको अभिनय रहेको छ । यही फिल्म मार्फत भुटानी अभिनेत्री उगेन छोदेन नेपाली फिल्ममा गरेकी छिन् । दुई शिकारीको कथा मार्फत ड्रामा प्रस्तुत गरिएको फिल्ममा लेखकसँगै निर्देशक रहनुभएका दीपेन्द्र लामाले बताए ।

अभिनेता राईले आफ्नो लागि दुई नम्बरी खास रहेको बताए । ‘म यसमा स्किप्टकै समय देखि जोडिएको हुँ । यसको कथा राम्रो छ । हामी सबैले सक्दो मेहनत गरेका छौँ,’ अभिनेता राईले भने । उठान गर्नुपर्ने विषयलाई सरल प्रस्तुतिमा लिएर आएको प्रस्तुतकर्ता किरण नेपालीले बताए । फिल्ममा श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको पनि अभिनय छ । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ ।

कमेन्ट गर्नुहोस्