फिल्म । रेट्रो ग्रुपको व्यानरमा फिल्म ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले घोषणासँगै थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा लिड अभिनेता सुशील श्रेष्ठ देखिएका छन् । उनको एक्सन लुक्सलाई सार्वजनिक गरिएको छ । फिल्ममा उनीसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने फिल्म पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो फिल्मले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने तयारीमा रहेको निर्माता खड्काले जानकारी दिए । नविन गुरुङ फिल्मका डिओपी हुन् ।

कमेन्ट गर्नुहोस्










