ज्याक्लिनसँग सुशान्तको ‘ड्राइभ’

फिल्म । बलिउड अभिनेता सुशान्त सिंह राजपुत पछिल्लो समय चर्चामा छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘केदारनाथ’ गत वर्षको नोभेम्बरमा रिलिज भएको थियो । जसलाई दर्शकले रुचाए । सुशान्त मात्र उक्त फिल्ममा चिनिएका अनुहार थिए , यसैले गर्दा सफलताको केहि क्रेडिट उनलाई पनि पक्कै जान्छ । फिल्मबाट सबै भन्दा बढी चर्चा त डेब्यु गर्ल सारा अलि खानले पाइन् तर पनि सुशान्तको काम कम छैन । एमएस धोनी जस्ता फिल्म सोलो रुपमा हिट दिएका सुशान्त यसवर्ष ‘ड्राइभ’ मा देखिदैछन् ।

फिल्ममा उनको जोडी बनेकीछिन ज्याक्लिन फर्नान्डिज । करण जोहरको प्रोडक्सन कम्पनि धर्मा प्रोडक्ससंगी अपूर्व मेहताको निर्माण रहेको फिल्मलाइ एक्सन र थ्रिलर भनिएको छ । केहि समय अगाडी करणले फिल्म चित्त नबुझेपछि रिलिज टालीराखेको खबर आएता पनि उनले रिलिज घोषणा गरिसकेका छन् । तरुण मनसुखानीको निर्देशन रहेको फिल्मलाई दर्शकले जुन २८ मा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्