फिल्म । पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म ‘रणवीर’ मार्फत डेब्यु गर्दैछिन ।
नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षालाई धेरै प्रोपोजल गयो तर उनले तात्कालिन समयमा फिल्ममा अभिनय गरिनन् , उनि भिजेको रुपमा कान्तिपुर टेलिभिजनसँग आवद्ध भइन् । गतवर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ ।
‘मलाइ मिस नेपालमा सेकेन्ड रनरअप भए लगतै फिल्मको अफर आएको थियौ , केहीलाई भेटे अनि केहि कथा नसुनेको पनि होइन’ उनले भनिन् ‘मलाइ चित्त बुझ्दो कथा नआएकोले मैले फिल्म नगरेकी हु तर फिल्म गर्ने ईच्छा कहिँ कतै नभएको होइन ।’ उनले फिल्ममा आउनु तयारी गर्नु पर्ने भएकोले पनि केहि समय लागेको बताइन । ‘हामी ब्युटीप्याजेन्टबाट सिधै फिल्ममा आउने भन्दा पनि आफुलाई सक्षम बनाएर आउदा राम्रो’ सुबेक्षा भनिन् ।
लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।