‘छाँयामा होइन छहारीमा छु’ आँचल

फिल्म । पछिल्लो समयकी चर्चामा रहने एक्ट्रेस आँचल शर्माले आफु छायाँमा नभई छहारीमा रहेको बताइन् । शत्रु गतेपछी मह सञ्चारकै ब्यानरमा निर्मित फिल्म ‘दाल भात तरकारी’ मा किन छोटा भूमिका निर्वाह गर्नु भएको भन्ने जिज्ञाषा मेटाउदै उनले आफु छायाँमा नभई छहारीमा रहेको बताएकी हुन् । ‘म छायाँमा नभई ठुलो रुखको शितल छहारीमा छु’ उनले प्रतिक्रिया दिदै भनिन् ‘फिल्ममा कथाको डिमाण्ड अनुसार म प्रस्तुत भएकी छु र स्क्रिन स्पेसकै कुरा गर्ने हो भने म यति ठुलो कलाकारसँग स्क्रिन शेयर गर्न पाउँदा आफुलाई लक्की ठान्छु ।’ उनले शत्रुगते पछी दाल भात तरकारीमा काम गर्ने क्रममा धेरै कुरा सिक्ने अवसर पाएको पनि बताइन । ‘उहाहरु हाम्रो लागि स्कुल नै हुनुहुन्छ किनकी उहाको अनुभवले पर्दा भित्रसँगै बाहिर पनि सहि बाटो देखाउछ’ उनले भनिन् ‘फिल्म हेर्न आएका दर्शकलाइ केहि चिज बढी र कम भएको छैन ।’

किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , शिवहरी पौडेल, बसुन्धरा भुसाल , रविन तामाङ , किरण केसी , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ ।

यसमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्