मलाइका आउट , करिना इन

फिल्म । सलमान खान पछिल्लो समय फटाफट फिल्म गरिरहेका छन् । केहि समय आगाडीसम्म निकै कम फिल्म गर्ने सलमानले आफ्नै कारण प्रोजेक्ट ढिलीएको थाहा पाएपछि कामलाई रफ्तार दिएका छन् । भारतको छायाँकनमा व्यस्त उनि , सेटमै बसेर काम गरिरहेका छन् । सेटमा ढिला पुग्ने एक्टरको रुपमा चिनिने सलमानले सेटमै बसेर काम गरिरहेको देख्दा क्रु नै अच्च्मित छन् । यिनै सलमानले यस वर्षनै फिल्म दबंगको तेस्रो सिरिजमा पनि काम गर्नेछन् । तर त्यस अगाडी उनले एक जासुस फिल्ममा काम गर्ने मनसाय बनाएका छन् । जसको कथा उनलाई मन परेको छ र त्यो कोरियन फिल्मको रिमेक हुनेछ । यिनै सलमानले दबंगको आइटम गीतमा मलाइका अरोडालाई नराख्ने निर्णय गरेका छन् ।

दबंगमा मुन्नी बद्नाम हुइमा आफ्नो ग्लामरछवि देखाएकी मलाइकाले दबंग २ मा पनि काम गर्न पाएकी थिइन् । कारण , उनको सम्बन्ध अरबाज खानसँग बिग्रीसकेको थियो । यतिबेला त उनि अरबाजसँग अलग नै भईसकेकी छिन । यसैले गर्दा सलमानले तेस्रो सिरिजको आइटम गीतमा फेविकल गर्ल करिना कपूरलाई लिने निर्णय गरेका छन् । उनले आइटमको लागि करिनालाई अप्रोच गरिसेकेका छन् । यस अगाडी दबंग २ मा पनि करिनाले नै आइटम डान्स गरेकी थिइन् । फिल्मलाई प्रभु देवाले निर्देशन गर्नेछन् । उनले यस अगाडी सलमानलाई लिएर वान्टेड निर्देशन गरेका थिए ।

कमेन्ट गर्नुहोस्