नेपाल ब्रान्ड एम्बेस्डरमा नियुक्त

फिल्म । चर्चित हास्य कलाकार जितु नेपाल कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । मंगलबार बैंकले आयोजना गरेको एक कार्यक्रमका बीच नेपाललाई ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरिएको हो । उनी दुई वर्षका लागि कृषि विकास बैंकको एम्बेस्डर बनेका हुन् ।

ब्रान्ड एम्बेस्डर नियुक्ति पाएसँगै कलाकार नेपालले बैंकले बजार प्रवर्धनका लागि काम गर्नेछन् । नेपाल चर्चित हास्य टेलिश्रृंखला जिरे खुर्सानी लगायतका टेलिसिरियल र ठुला पर्दाका चलचित्रबाट उदाएका कलाकार हुन् । उनले अहिले मुद्रेको कमेडी क्लब नामक आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनी यसअगाडी नेपाल वायु सेवा निगम, रोयल सुज, सानिमा लाइफ इन्सुरेन्स, सिद्धार्थ बैंक, प्रभु बैंकको एम्बेस्टर बनेका थिए । उनी ‘छक्का पन्जा ४’ को प्रि–प्रोडक्सनसंगै मेला महोत्सवमा व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्