असफल भयो ‘सेल्फी’

फिल्म। अक्षय कुमार र इमरान हाश्मी अभिनित फिल्म ‘सेल्फी’गत शुक्रबारबाट हलमा रिलिज भयो। अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’ले यी सबै अपेक्षाहरू भन्दा धेरै कम कलेक्शन गरेर सबैलाई निराशा बनाई दिएको छ ।

‘गुड न्युज’ र ‘जुग्जुग जियो’ जस्ता फिल्म बनाएका राज मेहताले ‘सेल्फी’ को निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँगै इमरान हाश्मी पनि छन् । दुई ठूला नाम भए पनि फिल्मले न्यून कलेक्सन गरेको छ। बक्स अफिस रिपोर्टका अनुसार ‘सेल्फी’ले शुक्रबार मात्रै २.५ करोड कमाएको छ । पछिल्लो फिल्ममार्फत असफलता भोगिरहेका अक्षयले यसपटकसमेत दर्शकको साथ पाएनन्।

कमेन्ट गर्नुहोस्