संगीत । नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठले आफ्नो युगल स्वरमा नयाँ दशैं गीत ‘यसपालीको दशैं…’ सार्वजनिक गरेका छन् । काठे भाकामा तयार गरिएको दोहोरी भाकाका लय सँकलन तथा संगीत हेम श्रेष्ठकै रहेको छ । काठेभाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ ।
यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको गीतकार क्षत्रीले बताएका छन् । गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् । गीतकार क्षत्रीको यस अघि ६ दर्जन भन्दा बढी गीतहरु आईसकेका छन् ।
गीतको भिडियोमा गायिका भारतीसँगै अभिनेता श्रीदेब भट्टराईको जोडी रहेको छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन् । यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन् । यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् ।












