जुलाईमा हुने भयो कान्स

फिल्म । कोरोना भाइरसको महामारीका कारण कान्सको समयतालिका उथलपुथल बनाएको छ । महामारीकै कारण अब यो फेस्टिभल दुई महिना पर पर सरेको छ । यसअघि यही वर्षको मे ११ देखि २२ सम्म हुन लागेको फेस्टिभल सरेर जुलाई महिनामा पुगेको छ । अब यो फेस्टिभल जुलाईको ६ देखि १७ सम्म कान्समा हुनेछ । गत वर्ष भने महामारीकै कारण यो फेस्टिभल अनलाइनमा सिमित भएको थियो । फेस्टिभलले ‘२०२० कान्स स्पेसल’ नाममा सिमित फिल्म देखाउँदै २०२० संस्करण सकाएका थियो ।

नयाँ मितिमा गर्दा फेस्टिभलमा ज्यादा ज्यादा मानिसले सहभागिता जनाउन सक्ने फेस्टिभलको विश्वास छ । फेस्टिभलको वेबसाइटमा राखिएको सूचना अनुसार फिल्म स्कुल पढिरहेका विद्यार्थीले फ्रेब्रुअरी १५ सम्ममा आफ्ना फिल्म पठाइसक्नु पर्नेछ भने लघु फिल्मले मार्च १ सम्ममा आफ्ना फिल्म पठाउन सक्नेछन् । फिचर फिल्मतर्फ प्रतिस्पर्धा गर्न चाहने फिल्मकर्मीले भने मार्च ५ सम्ममा आफ्नो फिल्म कान्स पठाइसक्नुपर्नेछ । कान्सको याे ७४ औं संस्करण हाे ।

कमेन्ट गर्नुहोस्