फिल्म । नेपाली फिल्म उद्योगमा ‘लभर ब्वाई’ को छवि बनाएका अभिनेता आर्यन सिग्देल आफूलाई नयाँ भूमिकामा स्थापित गर्दै दर्शकको मन जितिरहेका छन् । ‘किस्मत’ बाट अभिनय यात्रा सुरु गरेका अभिनेता सिग्देलले प्रेमकथामा आधारित भूमिकामा दर्शकको माया पाए । तर, यी दुवै अभिनेता एकै प्रकारको छविमा सीमित हुन चाहँदैनथे ।
अभिनेता सिग्देलले ‘होमवर्क’ मा दोहोरो भूमिका र ‘नाइके’ मा द्वन्द्वप्रधान भूमिकामार्फत आफूलाई बदल्ने प्रयास गरे, तर ती फिल्मले अपेक्षित सफलता पाएनन् । ‘मैले आफूलाई बदल्न विविध भूमिका गर्ने कोसिस गरेँ, तर सफल हुन सकिनँ । त्यो समयमा फिल्म मेकिङमा पनि परिवर्तन आएको थियो । मैले गर्ने वा गरिरहेको फिल्मबाट दर्शक विस्तारै वास्तविक फिल्मतर्फ आकर्षित भइरहेका थिए । उक्त समयमा निर्माण शैलीमा आएको परिवर्तनले मेरो उपस्थिति कमजोर बन्दै गयो’, अभिनेता सिग्देलले भने ।
निर्देशक दिनेश राउतले अभिनेता सिग्देललाई ‘लभर ब्वाई’ को छविबाट बाहिर ल्याएका हुन् । अभिनेता सिग्देललाई ‘पुजार सार्की’ मा ग्रामीण पात्रको भूमिकामा प्रस्तुत गर्दै निर्देशक राउतले अभिनयको नयाँ पाटो उजागर गरे ।
‘उनमा फरक भूमिका गर्ने चाहना थियो । मैले त्यही सोचलाई विश्वास गरेर नयाँ छविमा प्रस्तुत गरेँ, किनकि मैले पर्दा बाहिर पाउने अभिनेता सिग्देल फरक थिएँ । उनको फिल्म चेतनाकै कारण मैले स्टारडमबाट बाहिर ल्याउने प्रयास गरेको हुँ’, निर्देशक राउतले भने।
उनले कलाकारलाई एकै प्रकारको भूमिकामा सीमित गर्न नहुने बताउँदै नयाँ प्रयोगबाट दर्शकलाई फरक कथा दिनुपर्नेमा जोड दिए ।