फागुन १७ मा ‘दि ब्रेकअप’ पनि

फिल्म । अन्तत फिल्म ‘दि ब्रेकअप’ फागुन १७ मा रिलिज हुने भएको छ । पौष २७ लाई प्रदर्शन मिति तय गरेको फिल्मले फागुन १७ मा रिलिज हुने घोषणा गरेको छ । फागुन १७ मा जात्रै जात्रा रिलिज नहुने भएपछी दि ब्रेकअप आएको हो । यहि मितिमा फिल्म ‘क्याप्टेन’ रिलिज हुदैछ । ‘दि ब्रेकअप’ निर्देशक हेमराज विसी र क्याप्टेन एक्टर अनमोल केसीले ‘होस्टेल’ फिल्म मार्फत रजतपटमा डेब्यु गरेका थिए ।

यसपछि हेमराजकै निर्देशनमा तयार भएको फिल्म जेरी र गाजलुमा पनि अनमोलले काम गरेका थिए । तर त्यसपछि ग्याङ्गस्टार ब्लुजमा यी दुई काम गर्ने ‘कन्डिसन’मा सहमत हुन् सकेनन । त्यसपछि हेमराजले नै अनमोलको विकल्पमा आशिरमान डिएस जोशीलाई डेब्यु गराए । उनैलाई लिएर हेमराजले निर्देशन गरेको पछिल्लो फिल्म’दि ब्रेकअप’ आफ्नो प्रदर्शन मिति छाडेर ‘क्याप्टेन’ सँगै प्रदर्शनमा आउँदैछ ।

यो मितिमा महाशिवरात्रीको विदा भएकाले पनि दुई फिल्मलाई बजारले धान्ने विश्वास गरिएको छ । पौषको डेट भन्दा फागुन १७ मा आफ्नो फिल्मलाई सुरक्षित पाएपछि निर्देशक हेमराज विसीले फिल्मको डेट पोष्ट पोण्ड गरेका हुन् । त्यसो त उनले भीएफएक्सको काम बाकी रहेको प्रतिक्रिया समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्