फिल्म । निर्माण भएर प्रदर्शनको पर्खाइमा रहेको फिल्म ‘तीन जन्तु’ को टिजर सार्वजनिक गरिएको छ । वि.सं २०३० सालमा घटेको एक घटनामा आधारित रहेर तयार पारिएको फिल्ममा अर्पण थापा, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ र रोविन तामाङलाई फरक अवतारमा देख्न सकिन्छ ।
२ चोरले रहस्यमयी बाकस लुटेपछि उत्पन्न परिस्थितीको कथामा बनेको फिल्ममा अर्पण थापाको निर्देशन रहेको छ । आउँदो पौष १७ गते रिलिज तय गरिएको फिल्म अवस्था स्थिर भएमा रिलिज हुने निर्माण पक्षको भनाइ छ । ‘मुखौटा’ मार्फत निर्देशनमा पाइला टेकेका अर्पणले फरक शैली र फरक कथालाई बोकेको बताएका छन् । फिल्मलाई रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
कमेन्ट गर्नुहोस्












