ब्रेकअपको सिकाई

फिल्म । ब्रेकअपले आफुलाई धेरै कुरा सिकाएको अभिनेत्री श्रुति हसनले बताएकी छिन् । साउथ इण्डियन फिल्मसंगै बलिउडमा समेत आफुलाई स्थापित बनाइ सकेकी श्रुति अभिनेता कमल हसनकी छोरी हुन् । उनको ब्रेकअप गत अप्रिलमा भएको थियो ।

यद्दपी उनले आफ्नो लभ लाइफको बारेमा हालै कुराकानी गरेकी हुन् । ‘त्यो सम्बन्ध देखि कुनै पछुतो छैन किनकी हामीलाई हाम्रो गल्तीले नै हो सिकाउने’ श्रुतिले भनिन् ,’पुरानो लभ लाइफबाट सिकेर अगाडी बढेकी छु ।’ उनको एक विदेशी प्रेमी थिए । उनले एक अर्कालाई चिन्न सहज नरहेको समेत प्रस्ट्याइन ।

कमेन्ट गर्नुहोस्