महतको तयारी

फिल्म । लकडाउनमा केहि कडाइ कम गरीएसंगै कामले गति लिन थालेको छ । कोरोना भाइरस (कोभिड १९) ले गर्दा ठप्प बनेको फिल्मनगरीमा केहि फिल्म घोषणा हुन् थालेका छन् । यसैक्रममा अगाडी आएका छन् , निर्देशक श्रीराम महत । उनले प्रेम कथामा फिल्म निर्माण गर्न लागेका हुन् । स्थिति सहज भएसंगै फिल्मको औपचारिक घोषणा गर्ने उनको तयारी छ । फिल्ममा दुई अभिनेत्री र एक अभिनेता हुनेछन् ।

कलाकार छनौट बाँकी रहेता पनि फिल्मको एक आइटम गीत पनि रेकर्ड भइसकेको छ । गीतमा गायिका टिका प्रसाईंले स्वर दिएकी छन् । गीतकार हिराकाजी थापाले लेखेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् । निर्देशक महतले फिल्ममा चार गीत समावेश गरिने बताए । निर्देशक महतले फिल्म ‘म त तिम्रै हुँ’मा मार्फत डेब्यु गरेका थिए ।

कमेन्ट गर्नुहोस्