‘घरबार गर्ने सोँच’ (भिडियो)

23 Shares

संगीत । यसवर्ष पनि आउँदो तीजलाई लक्षित गर्दै विभिन्न गीतसंगीत आउँन थालिसकेका छन् । युट्युबमा दिनहूँ तीज गीतका भिडियो सार्वजनिक हुन थालेका छन् । जसले तीज पर्व नजिकिएको आभाष हुन थालेको छ । यसैक्रममा शुक्रबार ‘घरबार गर्ने सोँच’बोलको तीज गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच भिडियोको प्रिमियर गर्दै गीत सार्वजनिक गरिएको हो ।

चर्चित गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा सागर प्रधानको शब्द÷लय रहेको छ । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ ।गीतमा विहे गर्ने उमेर पुगेकी युवतीको भाव ब्यक्त गरिएको छ । नायिका रेजिना उप्रेती, मोडल लोमश शर्मा र रेखा थापा लगायतले गीतको भिडियोमा अभिनय गरेका छन् ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो ।

Facebook Comments