अक्षयले तोडे नियम

0 Shares

फिल्म । बलिउड अभिनेता अक्षय कुमारले आफैले बनाएको नियम तोडेका छन् । बलिउडमा फिट एक्टरको ट्याग समेत पाएका अक्षयको छायांकन सेटमा आफ्नै रुल रहने गर्छ । उनले आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर बनाउने रुल अनुसार प्रोड्युसरले काम गर्न तयार भए मात्र काम गर्ने गर्छन् । उनि दिनमा ८ घण्टामा मात्र छायांकन गर्छन् । उनले विगत १८ वर्षदेखि यहिँ नियमलाई पछ्याउदै बलिउडमा सफलताको पाइला टेकीरहेका छन् ।

यिनै अक्षयले पछिल्लो फिल्म ‘बेल बटम’ को छायांकनको क्रममा आफैले बनाएको नियम तोडेका हुन् । कोरोना भाइरसले सिर्जित अवस्थामा पनि अक्षय यतिबेला फिल्मको छायांकन बेलायतको स्कटल्याण्डमा गरिरहेका छन् । उनिसँग ठुलो टोलि नै छ । थ्रिलर कथामा बन्न लागेको यो फिल्मा सन् १९८० को सेटअपमा तयार गरेर काम भइरहेको छ । अक्षयको परिवारसँगै सेटमा लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत छन् ।

बेलायत पुगेर स्थानीय स्वाथ्य सम्बन्धि निर्देशिका पालना गरेका अक्षयले फिल्मको छायांकन दुइ शिफ्टमा गरिरहेका छन् । उनले लगभग १४ देखि १६ घण्टा दैनिक फिल्मको छायांकन गरिरहेका छन् । जसले गर्दा निर्देशक तिवारी र निर्माता ज्याकी भगनानीलाई सजिलो भएको छ । फिल्ममा अक्षय आफै पनि निर्माता छन् । अक्षयको मेहनत देखेर ज्याकी निकै खुसि छन् । ‘उहाँलाइ निर्माताको हिरो भन्न सकिन्छ । किनकी काम नै त्यसरी भइरहेको छ । उहाँले डबल शिफ्ट गर्दा हाम्रो धेरै पैसा जोगिएको छ’ ज्याकीले भने । (एजेन्सी)

कमेन्ट गर्नुहोस्