फ्राइडे फिल्म : गरुड पुराण

फिल्म । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘गरुड पुराण’ प्रदर्शनमा आएको छ । फ्यामिली कमेडी भनिएको फिल्मको ट्रेलर र सार्वजनिक गीतलाई दर्शकले रुचाइरहेका छन् । फिल्मले पनि राम्रो ब्यापार गर्नेमा निर्माण टिम विश्वस्त छन् । ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको फिल्मलाई सुबास कोइरालाले निर्देशन गरेकाछन् ।ट्रेलरमा बोलिएको संवाद विशेष चर्चामा छ । ‘हामीले सकेको मेहनत गरेका छौ’ निर्देशक कोइराला भन्छन् ‘यो फिल्म फ्यामिली ड्रामा हो जहाँ कमेडी भरपुर छ ।’

उनि आफै पनि यसपटक सजग छन् । माघ ४ गतेलाई रिलिज डेट तय गरिएको फिल्ममा कर्म, प्रविण खतिवडा, कामेश्वर चौरसिया , नाजिर हुसेन , लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ । यसैफिल्म मार्फत प्रियंका सिंहले डेब्यु गर्दैछिन । ‘फिल्मले दर्शकलाई बोर हुन् नदियोस भन्ने प्रयास छ’ निर्देशक कोइराला भन्छन ‘फिल्ममा सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरेका छौ ।’आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो ।

निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका हुन । फिल्मले उपत्यकामा क्युएफएक्स चेनमा ९ शो , बिग मुभिजमा २ शो , एफक्युबमा ३ शो , बीएसआरमा ३ शो , सिनेडी सेफमा ३ शो , क्युज सिनेमामा २ शो प्राप्त गरेको छ । यसैगरी यी मल्टिप्लेक्स सहित उपत्यकाको गोपी कृष्ण मुभिज , अष्टनारायण पिक्चर्स , गङ्गा सिनेमा , गुण सिनेमा , बाराही मुभिज लगायतका हलहरुमा प्रदर्शन भईरहेको छ भने मोफसलमा ६३ वढी पर्दामा फिल्म प्रदर्शनमा आएको निर्माण पक्षले जनएका छन् । फिल्मलाई उपत्यकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्