भारतीय कम्पनिमा भाइरल गायक मानस राज

पछिल्लो समय ‘भाइरल भइदियो’ गीत मार्फत चर्चामा आएका गायक मानस राजलाई इण्डियन म्युजिक कम्पनि विंग्स इन्टरटेन्मेन्टले २० लाख रुपैयामा एक एल्बमका लागि साइन गराएको छ । कम्पनिका चेयरम्यान प्रकाश रोहराले गायक मानससँग लिखित सम्झौता गरिसकेका छन् भने एल्बममा समावेश हुने चार गीतको काम लगभग फाइनल भईसकेको छ भने चार गीतको काम अझै बाकी छ ।

फेरी टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा संचालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुची बढेको बताएका छन् । पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीको लागि इच्छुक भएको प्रकासले बताए । एल्बममा रोमान्टिक गीतहरु हुने मानसले बताएका छन् । केहि गीतको भिडियो पनि छिटै नै छायाँकन गरिनेछ भने आउदो अगस्टमा एल्बम लन्च गर्ने तयारी रहेको छ ।

विंग्स इन्टरटेन्मेन्ट

विंग्स इन्टरटेन्मेन्टले चर्चित गायकहरु उदित नारायण झा , कुमार सानु , साधना सरगम , पुर्णिमा , बाबुल सुप्रियो , विपिन सचदेव , अमित कुमार , सुख्विंदर सिंह जस्ता गयाकको एल्बम बजारमा ल्याइसकेको छ । उदितका एल्बमहरु लभ यु र लभ इज लाइफ , कुमार सानुको कहना तो है , साधनाको कोइ तोह बात है , पुर्णिमाको दिल बोले पिया पिया लगायतका एल्बम तथा गीतलाई विंग्सले नै बजारमा ल्याएको थियो । बलिउड अभिनेता शाहिद कपूरले चार म्युजिक भिडियो गरेका छन् , जस मध्य तीन विंग्सकै रहेको थियो ।

साथै केहि धार्मिक भजनको एल्बम पनि यसले बजारमा ल्याएको छ । जसमा सुरेश वाडकर , अनुप जलोटा , अनुराधा पौडवाल , मनहर उदास , साधना सरगम , नितिन मुकेश लगायतले स्वर दिएका छन् । यसलाई विंग्सकै धार्मिक च्यानल भजन इन्डिया र साइ आशिर्वादमा हेर्न सकिन्छ । साथै यस कम्पनि मार्फत बलिउडका हिट फिल्महरु दोस्ती , टार्जन द वन्डरफुल कार , आउट अफ कन्ट्रोल , जिना सिर्फ मेरे लिए , अन्दाज , मेरे जीवन साथि लगायतका फिल्मको गीत पनि सार्वजनिक भइसकेका छन् , जसलाई दर्शक तथा श्रोताले निकै रुचाएका थिए ।

कमेन्ट गर्नुहोस्