‘अर्जुन रेड्डी’ को रीमेकलाई विशालले निर्देशन गर्ने

फिल्म । केहि यता फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रीमेकलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । नयाँ टिम अनि नयाँ कन्सेप्ट ‘सन्की डाक्टरको प्रेम कथा’मा बनेको फिल्म ‘अर्जुन रेड्डी’ लाई दर्शकले धेरै रुचाए । सन्दीप वांगा रेड्डीको निर्देशनमा निर्मित फिल्मले तेलगु भाषामा मात्र नभई बलिउडमा समेत धमाल मचायो ।

शाहिद कपूरको ढल्दो करियरलाई माथि ल्याएर स्टारडम बढाउने काम गर्यो । बलिउडमा ‘कबिर सिंह’ बनिसकेपछि तामिलमा फिल्म ‘आदित्य वर्मा’ टाइटलमा यसको रीमेक भईसकेको छ । अब यसलाई नेपाली भाषामा विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । नेपाली फिल्म निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले जी टुवान प्रोडक्सनसँग मिलेर निर्माण गर्न लागेको फिल्मलाई निर्देशन गर्ने अभिभारा विशालले पाएका हुन् । विशालकै पहलमा ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

पछिल्लो समय डेब्यु फिल्म ‘सेल्फी किङ्ग’ मा व्यस्त विशालले ‘अर्जुन रेड्डी’ केहि समय अगाडी नै बनाउने तयारी गरेका थिए । उनले बलिउडमा कबिर सिंह नबन्दै नेपालमा आर्यन सिग्देललाई लिएर रीमेक गर्ने तयारी थालेका थिए । निर्माणमा सुवास गिरी समेत थिए । तर , विविध कारणले उक्त समयमा फिल्म बन्न सकेन । यतिबेला विशालले प्रोड्युसर त पाए तर , कलाकार कसलाई लिन्छन भन्ने कौतुहलता फिल्मकर्मीसँगै दर्शकमा छ ।

कमेन्ट गर्नुहोस्