रहेनन् छायांकार मास्के

0 Shares

फिल्म । नेपाली फिल्मका प्रथम छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ । उनको ८३ बर्षको उमेरका निधन भएको हो । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार, लामो समयदेखि मास्के कलेजोको बिरामी समेत थिए । साथै, उनलाई कोरोना पोजिटिभ देखिएको थियो ।

पूर्ण छायांकारको रुपमा फिल्म ‘मनको बाँध’मा काम गरेका मास्केले केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् । मास्केको श्रीमती र एक छोरी छन् । उनलाई, चलचित्र निर्माता संघले गतवर्ष विरगञ्जमा आयोजना गरेको स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायांकारको रुपमा सम्मान गरेको थियो ।

तस्विर : सामाजिक सञ्जाल

कमेन्ट गर्नुहोस्