विक्कीका लागि गुड न्युज बन्यो ‘ब्याड न्युज’

बलिउड । भारतीय फिल्म ‘गुड न्युज’ को सफलतापछि निर्माण कम्पनि धर्मा प्रोडक्सनले तयार गरेको फिल्म ‘ब्याड न्युज’ अभिनेता विक्की कौशलको सर्वाधिक ओप्निङ गर्ने फिल्म बनेको छ । पछिल्लो समय बलिउडमा स-साना फिल्म यत्तिको सुरुआत गर्न सकेको छैन । फिल्मले पहिलो दिन भारतमा ८ करोड ६२ लाखको व्यापार गरेको हो । दर्शकले सकारात्मक प्रतिक्रिया दिएका कारण यसको विकेन्ड कमाइ राम्रो हुने देखिएको छ ।

विक्कीको सफल फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ ले ८ करोड २० लाखको व्यापार गरेको थियो । यसकारण उनको करिअर कै सर्वाधिक कमाइ गर्ने फिल्म ‘ब्याड न्युज’ बनेको छ ।

विक्कीसँगै तृप्ती डिम्री, एम्मी विर्क, नेहा धुपिया लगायतका कलाकारको अभिनय रहेको फिल्ममा रोमान्स, कमेडी र ड्रामालाई स्थान दिएको छ । निर्देशक आनन्द तिवारीले फिल्ममा गर्भापति भएकी महिला पात्रले बुवाको पत्ता लगाउदा आउने उतारचढावलाई चित्रण गरेका छन् । अहिले भावनात्मक रुपमा जोडिन समय लाग्ने तथ्यलाई फिल्ममा देखाईएको छ । वितरण कम्पनि टि-फल्कले फिल्मलाई नेपाल रिलिज गरेको छ ।

कमेन्ट गर्नुहोस्