रहेनन् फिल्मकर्मी कार्की

फिल्म । पछिल्लो समय नेपालमा देखिएको कोरोना भाइरसको आक्रामक दोस्रो लहरको कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ । अक्सिजन अभाव अस्पतालमा रहेको हेर्न सामाजिक सञ्जालमा प्रसस्तै पाइन्छ । यसैकारण पनि अस्पताल पुगेका विरामीलाई सहज छैन । यस्तै परिस्थितिमा गत बैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं फर्किएका फिल्म निर्देशक, गीतकार तथा उपन्यासकार चेतन कार्कीलाई ज्वरो आएर अस्पताल भर्ना गरिएको थियो । अस्पतालमामा उपचारकै क्रममा उनको निधन काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतवार विहान १० बजे भएको हो । ८४ वर्षीय कार्कीको श्रीमती र २ छोरा छन् ।

उनको निधनको कारण कोरोना भाइरसको संक्रमण बताइएको छ । ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता फिल्मको निर्देशन गरेका उनले स्क्रिप्ट र गीत लेख्न पनि गरेका छन् । उनले कलाकार तथा निर्देशक नीर शाहको पहिलो फिल्म ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गरेका थिए । स्याङ्जामा जन्मिएका कार्कीका प्रकाशित उपन्यासहरुमा ‘आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमुन’ चर्चित छन् ।

कमेन्ट गर्नुहोस्