सुजाताले ल्याईन ‘राम साईला’ (लिरिकल भिडियो)

संगीत । पत्रकार सुजाता खत्रीले ‘राम साईला’ बोलको गीतबाट गायिकामा डेब्यू गरेकी छिन् । मंगलबार युट्यूबबाट ‘राम साईला’ बोलको गीत सार्वजनकि गर्दै नेपाली संगीत आकाशमा उदाएकी हुन् । उक्त गीतको शब्द रचना बीपी थापा शब्द रचना गरेका छन् भने गीतको कम्पोज मनोज चौलागाइले गरेका छन्। गीतको लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गरेका हुन् ।

केहि दिन अगाडी मात्र एक साथ् २७ एल्बम सार्वजनिक गरिएको थियो , जसमा सुजाताको गीत समावेश एल्बम ‘प्रेमवर्ष’ पनि रहेको थियो । एल्बममा ५ गीत समावेश छन् , जसमा सुजाता झैँ प्राय नयाँ नै छन् । एल्बममा राम साईलासँगै लाज लागे पनि , अल्लारे जोवन , पिज्जवाली र मौकामा चौका बोलको गीत रहेका छन् ।

कमेन्ट गर्नुहोस्