युवापुस्ताले रिलेट गर्ने फिल्म ‘हृदय भरी’

फिल्म । झन्डै दुइ वर्ष अगाडी रिलिज भएको फिल्म ‘रातो घर’ पछि सुरज सुब्बा नाल्बोले आफ्नै लेखन तथा निर्देशनमा नयाँ फिल्म ‘हृदय भरी’ घोषणा गरिसकेका छन् । फिल्ममा त्रिकोणात्मक प्रेम कथासँगै सामाजिक संदेश पनि रहेको उनको भनाइ छ । ‘फिल्मको मुख्य काम नै मनोरंजन दिने हो तर सँगै संदेश हुनु जरुरि छ’ लेखक र निर्देशनको अभिभारा सम्हालेका नाल्बोले फिल्मले युवापुस्तासँग रिलेट गर्ने बताए । ‘युवापुस्ताको प्रेम कथामा फिल्म तयार गर्दैछौ’ नाल्बो भन्छन् ‘कथा अनुसार नै कास्टिङ गरेको छु ।’ साथै, फिल्म ‘हृदय भरी’ ले रिलिज डेट पनि तय गरेको छ । फागुन २२ बाट छायाँकनमा जाने फिल्मलाई दर्शकले भाद्र २७ मा हेर्न पाउनेछन् । वितरकहरुसँगको सल्लाहमा रिलिज डेट तय गरिएको फिल्मका लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बोले बताए । ‘हामीले वितरक फाइनल गर्दा नै रिलिज डेट तय गरिसकेका हौ’ निर्देशक नाल्बो भन्छन ‘यतिबेला हामीले उक्त डेटमा फिल्म रिलिज गर्ने आधिकारिक प्रक्रिया पनि सकाएका छौ ।’

फिल्ममा पल शाहसँग श्रद्धा छेत्रीले रोमान्स गर्नेछिन् । यसैफिल्म मार्फत श्रद्धाले फिल्मनगरीमा डेब्यु गर्दैछिन् । फिल्ममा पल र श्रद्धासँगै निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , मनोज केसी , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्ने फिल्मलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन् । फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ । फिल्ममा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् ।

कमेन्ट गर्नुहोस्