हसनले ल्याए ‘यो मनको चाहना’

सङ्गीत । गायक हसन राई र गायिका अनु चौधरीको युगल स्वरमा ‘यो मनको चाहना ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। रोशन राई ‘पालुवास्टार’ को शब्द र संगीत तथा फडिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियोमा हसन राई र बेदना राईको अभिनय रहेको छ ।

राजेश पुमा राइको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोमा मनको चाहनालाई बुझाउने क्रममा व्यक्त गरिएका भावनालाई सरल रुपमा प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्