‘इमान्दारिता खै ?’अध्यक्ष उदय

फिल्म । चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले फिल्मकर्मी र मिडियाकर्मीको इमान्दारितामा प्रश्न उठाएका छन् । चलचित्र पत्रकार संघद्वारा आयोजित बहसमा उनले आ-आफ्नो क्षेत्रमा इमान्दार नभएकाले फिल्मनगरी अगाडी बढ्न नसकेको बताए । ‘हामी आफ्नो क्षेत्रमा इमान्दार छैनौ’ उनले भने ‘जब हामी आफुले आफैलाई ढाट्न छाड्छौ , अनि अगाडी बढ्छौ ।’ उनले मिडियाकर्मीले इमान्दार भएर फिल्मको बारेमा नालेखिदिएको समेत गुनासो गरे ।

‘वर्ष समिक्षामा केहि फिल्म मात्र सफल भए भन्ने पढ्छौ तर फिल्म प्रदर्शनको बेला भने हरेकले करोड कमाएको पढ्न पाइन्छ’ उनले बेथितिलाई औल्याउदै भने ‘हामीले इमान्दारिताका साथ् सत्यतथ्य भन्नु पर्छ ।’ साथै उनले निर्माता तथा निर्देशकमा पनि इमान्दारिताको प्रश्न तेर्साए । ‘निर्माण पक्षले पनि बढी ब्यापार देखाएर भ्रम फैल्याउनु हुदैन’ उनले भने ‘फिल्मको ब्यापार यथार्थ भन्नुस , धाटेर कसैलाई फाईदा छैन ।’ नेपालमा पनि बक्स अफिसलाई उपत्यकामा संचालनमा ल्याईए पनि त्यसले तथ्यांक सहि रुपमा सर्वेक्षण गर्न नसक्दा फिल्मको ब्यापारलाई लिएर भ्रमित खबरहरु बेला बखतमा आइरहेका छन् ।

फिल्मले गरेको ब्यापारलाई निर्माताले पाउने डिसिआर (डेली कलेक्सन रिपोर्ट) मार्फत सार्वजनिक गर्न सकेको छैन भने ट्याक्समा कमै पर्ने भएकाले भ्रामक कलेक्सन भन्ने गरेका छन् । तर अब सूचनाको हक अनुसार चलचित्र विकास बोर्डमा लिखित रुपमा निवेदन दिएमा कलेक्सन प्रदान गरिने बोड अध्यक्ष केशव भट्टराईले बताए ।

‘हामीले पत्रकारलाई कसरी सूचना दिन मिल्छ भन्ने विषयमा पनि छलफल गर्दैछौ तर अहिले निवेदनको आधारमा हामी डाटा उपलब्ध गराउने कि भन्नेमा छौ’ उनले भने ‘अब फिल्मले मिडियामा दिने कलेक्सन रिपोर्टकै आधारमा ट्याक्स अफिसले पनि चासो लिन सक्छ ।’ पछिल्लो समय बक्स अफिस उपत्यकामा कार्यन्वयनमा छ भने उपत्यका बाहिर यहि साउनबाट सुरु गर्ने लक्ष्य बोर्डले लिएको छ ।

कमेन्ट गर्नुहोस्