र्‍यापर रणवीर (भिडियो)

फिल्म । बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंह अभिनयको कारण चर्चामा आउने गर्छन । उनको इनर्जी लेभलको निकै चर्चा हुनेगर्छ । उनि पनि आफ्नो भूमिकालाई दमदार रुपमा प्रस्तुत गर्न कहिँ कतै चुक्दैनन् । पछिल्लो फिल्म सिम्बामा एक्सन अवतारमा देखिएका रणवीर नयाँ फिल्म ‘गल्ली ब्वाई’ मा र्‍यापरको भूमिकामा देखिदैछन् । फिल्मकै लागि उने र्‍याप समेत सिकेका थिए । केहि समयको सिकाइपछी उनले फिल्मको सार्वजनिक ‘अपना टाइम आएगा’ बोलको र्‍याप गीतमा र्‍यापरको रुपमा प्रस्तुत गरेका हुन् ।

फिल्ममा उनि र्‍यापर बन्ने सपना बोकेको गल्ली ब्वाईको भूमिकामा छन् । जसले सपना पुरा गर्नको लागि गर्ने संघर्षलाई फिल्ममा देखाइएको छ । उनको अपोजिटमा छिन , आलिया भट्ट । उनले फिल्ममा रणवीरको क्यारेक्टरलाई हेल्प गर्छिन् । फिल्मको सार्वजनिक सामग्रीले पछिल्लो समय चर्चा पाईरहेको छ । फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी छिन । उनले एक गीतबाट आफुले प्रभावित भएर फिल्म तयार गरेको बताईसकेकी छिन । यसअघि जोया निर्देशित जिन्दगी नामिलेगी दोबरा र दिल धड्कने दो फिल्मलाई दर्शकले रुचाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्