फ्लप भयो ‘हिन्दुस्तानी २’

फिल्म । दक्षिण भारतीय सुपरस्टार कमल हसन स्टारर फिल्म ‘हिन्दुस्तानी २’ असफल भएको छ । यो सन् १९९६ मा रिलिज भएको तमिल फिल्म ‘इन्डियन’ को सिक्वेल हेर्न दर्शकले जाँगर देखाएनन् । एस शंकर निर्देशित फिल्ममा कमल हसनले स्वतन्त्रता सेनानीको भूमिका निर्वाह गरेका छन् ।

फिल्मले प्रदर्शनको नवौँ दिन एक करिड ३९ लाखको व्यापार गरेको छ । यसलाई निकै न्यून मानिएको छ । फिल्मको लगानी उठ्ने सम्भावना नरहेको र निर्मातालाई ठुलो नोक्सान हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

फिल्ममा सिद्धार्थ, रकुल प्रीत सिंह, काजल अग्रवाल, एस जे सूर्या, प्रिया भवानी शंकर, नेदुमुदी वेणु, विवेक. कालीदास जयराम, गुल्सन ग्रोवर, समुथिरकानी, बबी सिन्हा लगायतले अभिनय गरेका छन् । लाइका प्रोडक्सन र रेड जाइन्ट मुभिजले निर्माण गरेको फिल्म मूलत: तमिल भाषासँगै हिन्दी र तेलुगूमा पनि रिलिज भएको छ ।

कमेन्ट गर्नुहोस्