‘कालोकालो कपाल..’ भन्दै नाचिन् प्रियांका

सङ्गीत । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । गीतको भिडियोको अभिनयमा प्रियंकालाई गम्भिर बिष्टले साथ दिएका छन् । भिडियो निर्देशन समेत बिष्टले नै गरेका हुन् ।

प्रियंकाको यो भिडियो सहित आरजे इन्टरटेनमेन्टकोे औपचारिक युट्युव च्यानल सुरुवात गरिएको हो । सुरुवातको कोसेली स्वरुप आरजे इन्टरटेनमेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ ।

‘रमाइलोको साथी’ नारा सहित सुरु भएको आरजे इन्टरटेनमेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका बिभिन्न खुराक पस्कने उदेश्यले ल्याइएको आरजे इन्टरटेनमेन्टका संचालन राजु केसीले बताए । गीत ‘आकाश उज्यालो..’मा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द छ ।

कमेन्ट गर्नुहोस्