फिल्म । आउँदो फागुन २९ मा प्रदर्शन हुने फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । एक्सन विधामा आधारित फिल्मका लागि अभिनेता सुशील श्रेष्ठले सक्दो मेहनत गरेका छन् । उनको एक्सनको तारिफ गर्दै निर्माण पक्षले हालै एक तस्बिर सार्वजनिक गरेको छ । केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब, भने फिल्म रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ ।
यसैबिच, यो फिल्मका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ । यसले, पनि सुशिलको मिहिनेत फिल्ममा कती छ भन्ने प्रष्ट हुन्छ । निर्माणपक्षका अनुसार, फिल्ममा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।
टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरिको लगानी छ । फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ ।
चुल्ठे काजीको एक्सन रहेको यो फिल्ममा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्माताको रुपमा छन् ।