‘सरौतो’ लाई महसँगै दीपकको तारिफ

146 Shares

फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘सरौतो’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । एक्सन रिभेन्ज स्टोरी रहेको फिल्मको प्रस्तुतीकरणको तारिफ सबैले गरेका छन् । यसैगरी सुमी मोक्तानको एक्सनको चर्चा पनि उत्तिकै छ । सुमीले एक्सन गर्ल बन्न नै निकै परिश्रम गरेकी थिइन् ।

झन्डै २ वर्षको सिकाइपछी उनले आफुलाई उक्त रोलको लागि फिट बनाइन । छायाँकार हरि हुँमागाईंको डेव्यु निर्देशन रहेको फिल्मको एक्सन र सस्पेन्सलाई विशेष गरी रुचाइएको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मलाई सेलेब्सले पनि उत्तिकै रुचाए । रिलिजकै दिन फिल्म ‘सरौतो’को विशेष शो राखिएको थियो ।

जहाँ मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दिपकराज गिरी, केदार घिमिरे लगायतले फिल्म बारे सकारात्मक प्रतिक्रिया दिए । ‘फिल्म निकै रमाइलो छ , चाइनिज या जापनिज फिल्म हेरेजस्तो लाग्यो । एक्सन तारिफ योग्य छ , साथै यसको प्रस्तुतीकरण पनि उतिकै ससक्त छ’ मदनकृष्ण भन्छन् ,’यसले अन्याय सहनु हुदैन भनेर हौसला बढाउछ । फिल्म हेर्दा रमाइलो लाग्यो , दर्शकले मनोरंजन पाउछन ।’ मदनसँगै महका ‘ह’ अर्थात हरिवंश आचार्यले पनि फिल्मको तारिफ गरे ।

उनले भने ,’ टेक्निकल्ली फिल्म निकै बलियो छ । कलाकारको अभिनयले पनि दर्शकलाई सन्तुष्ट बनाउछ । मलाइ फिल्म मन पर्यो । नेपालमा एक्सन फिल्म यो लेभलको बन्छ भन्ने सोचेको थिइन् । कमै फिल्म छन् , जसको एक्सनको तारिफ गर्न सकिन्छ र त्यस मध्यको एक सरौतो हो ।’ फिल्म हेरेर प्रस्तुतीकरणको तारिफ गर्नेमा पर्छन् , दीपक पनि ।

‘फिल्म मनोरंजनको प्याकेज हो । टेक्निकल्ली त हरि जी भएकोले निकै बलियो छ । एक्सन रुचाउनेको लागि यो मनोरन्जक बन्छ’ उन्म्ले भने । दीपकसँगै रहेका केदारले पनि फिल्मले महिलामा हौसला थप्ने बताए । ‘फिल्मले भावनात्मक पनि बनाउछ । र , मुख्य कुरा यसले अन्याय सहनु हुदैन भन्ने ज्ञान दिन्छ । महिलालाई अझै हौसला थप्छ । हाम्रो आफ्नै कथा हो , सरौतो’ उनले भने । यसमा सुमीसँगै लियो ट्यांक , सन्नी सिंह , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , विजय लामा , धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहेको छ ।

यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गरेको हो ।

कमेन्ट गर्नुहोस्