फिल्म । दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म ‘जेलर २’ सर्वाधिक कमाइ गर्ने तमिल फिल्म बनेको छ । प्रदर्शनको ११ दिनमा फिल्मले विश्वभर ७ सय १० करोड भारू ग्रस कलेक्सन गर्दै यसअघि ‘२.०’ ले बनाएको रेकर्ड तोडेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘जेलर २’ ले गत आइतबारसम्म विश्वव्यापी रूपमा ७ सय १० करोड भारू कमाएको छ । यसअघि रजनीकान्त र अक्षय कुमार अभिनीत ‘२.०’ ले विश्वभर ६ सय ९१ करोड भारू कमाउँदै सर्वाधिक कमाइ गर्ने तमिल फिल्मको रेकर्ड राखेको थियो ।
नेल्सन दिलीपकुमार निर्देशित ‘जेलर २’ ले भारतमा मात्रै ४ सय ६७ करोड भारू ग्रस कलेक्सन गरेको छ । फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णन, मोहनलाल, शिवराजकुमार, ज्याकी श्राफ र विद्या बालनलगायत कलाकारको अभिनय छ। ‘जेलर २’ अक्टोबर १५ (असोज २९) देखि प्रदर्शनमा आएको हो। फिल्म नेपालका सिनेमा हलमा समेत प्रदर्शन भइरहेको छ।









