फिल्म । अभिनेता विक्की कौशल अभिनित फिल्म ‘भुत : द हन्टेड शीप’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विक्की कौशल र भुमी पेडनेकरको मूख्य भुमिका रहेको यस फिल्मको ट्रेलरमा अभिनेता विक्कीलाई भुतले डराई रहेको छ ।
सन् २०२० फेब्रुअरी २१ मा रिलिज हुने तयारीमा रहेको यस फिल्मलाई भानु प्रताप सिंहले निर्देशन गरेका छन् । हीरो यश जोहर, करण जोहर, अपूर्व मेहता र शशांक खेतानले निर्माण गरेको फिल्म मार्फत विक्की निकै उत्साहित छन् । ‘यस किसिमको फिल्ममा पहिलो पटक काम गर्दैछु , प्रतिक्रियाको निम्ति उत्साहित छु’ उनले भने । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











