फिल्म । आज शनिवार एकसाथ चार ब्याण्डले प्रस्तुती दिने भएका छन् । नेपाल रोयल मल्टिप्रपोजको एकल आयोजनामा हुने ‘पाटन फेस्ट २०२५’ मा जोन एण्ड द लोकल्स, पुर्ण राई दाजुभाइहरु, अल्बारोस, स्वारसहितका ब्याण्डसँगै गायक दुर्गेश थापासले आफ्नो प्रस्तुती दिने भएका छन् ।
मध्यान्न १२ बजेबाट ललितपुरको च्यासल खेल मैदानमा आयोजना हुने यो महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिती रहने अपेक्षा आयोजकको छ । कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ९ सय, बाह्र सय, र दुई हजारसम्मका टिकट काट्न सक्नेछन् । कार्यक्रममा सुविधासम्पन्न खानेकुराका लागि स्टल राखिएको छ ।
आयोजकले कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिबाट तयार पारिएको साउण्ड सिस्टमबाट संगीतको मज्जा लिने विश्वास लिएको छ । यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।