भ्यालेन्टाइन डे मा ‘यो मन उड्यो चरा बनी आकाशमा’ (भिडियो )

संगीत । भ्यालेन्टाइन डे को ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एक अर्काको मायालाई ब्याख्या गरिएको छ भने एकअर्काको उपस्थितिलाई दर्साइएको छ । गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ भने यसमा सानिध्य खनाल र स्मीता दाहालले स्वर दिएका छन् । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् । गीतलाई उत्सव दाहालले खिचेका हुन् भने यसलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।

यो गीत ‘शरद २’ एल्बममा संग्रहित छ । डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुनुहुन्छ । आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्